९ दिने अटिजम सचेतना बुटवलमा जारी

by समतल अनलाइन
Shares

बुटवल । पछिल्लो समय बालबालिकामा हुने जटिल समस्या अटिजमको बारेमा जानकारी गराउने उदेश्य सहित बुटवलमा ९ दिने सचेतना कार्यक्रम बुटवलमा चलिरहेको छ।

अटिजम केयर सोसाईटी लुम्बिनीको आयोजना बुटवल उपमहानगरपालिकाको सहकार्यमामा बुटवलका सबै वडाबाट सहभागी ल्याएर ९ दिन सम्म सचेतना प्रदान गरिने अटिजम केयर सोसाईटी लुम्बिनीका अध्यक्ष डा शतिस रुपाखेतीले जानकारी दिए।

उनले बुटवल भित्रका १९ वडाकै सहभागी जुटाएर ९ दिन सम्म ५ सय बढिलाई सचेतना प्रदान गरिने जानकारी दिए।
अटिजम केयर सोसाईटी लुम्बिनीका बरिस्ठ उपाध्यक्ष मधु प्रसाद अर्यालले बुटवल १ र २ नम्बर वडाबाट शुरु भएको सचेतना दैनिक २ वटा वडाका सहभागीहरुलाई सचेतना प्रदान गरिएको बताए ।

प्रशिक्षकहरु सोसाईटिका विशेष शिक्षिका मलिका घिमिरे र प्यारेन्ट चाईल्ड ट्रेनर अनिशा बस्यालले सचेतनामा सहजीकरण गरिरहेका छन।

You may also like

This will close in 0 seconds