काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले बजेटमाथि छलफल हुनुपूर्व भिजिट भिसा प्रकरण सल्टिनु पर्ने बताएका छन्। आज (बुधबार) नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै पुनले भने, ‘सदन चलाउनु पर्छ, त्यो सरकारको जिम्मेवारी हो। बजेट हामीले प्रस्तुत हुन दिएका छौँ, त्यसमाथि छलफल हुनुपर्छ । त्यसअघि खासगरी भिजिट भिसासम्बन्धी प्रकरणलाई सरकारले सल्टाउनु पर्छ,’ उनले भने।
उनले सरकार लचक बन्नु पर्ने बताएका छन्। आफूहरूले विषयलाई सहज ढङ्गले सल्टाउन खोजेको उल्लेख गर्दै भने, ‘सरकार लचक बन्नु पर्यो, किन इस्यू होइन भन्नु पर्यो। कि प्रतिपक्षले उठाएको इस्यू बेठीक छ भन्न सक्नु पर्छ कि सही छ भने छलफलमार्फत टुङ्ग्याउनु पर्छ।’ गृहमन्त्री रमेश लेखक दोषी छन् भनिएका भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै प्रतिपक्ष दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन्।