बुटवलमा यामाहा मेगा एक्सचेन्ज मेला सुरु

by समतल अनलाइन
Shares

बुटवल । बुटवलको कालिका नगरस्थित यामाहा बाइक्स बुटवल प्रा. लि. शोरुममा यामाहा मेगा एक्सचेन्ज मेला सुरु भएको छ।

जेष्ठ २५ देखि ३० गतेसम्म सञ्चालन हुने मेलामा जुनसुकै ब्रान्डको पुरानो बाइक वा स्कुटर साटेर नयाँ यामाहा सवारी किन्न सकिने यमाहा बाइक्स प्रा.लि. ले जानकारी दिएको छ।

पुरानो सवारीको न्यूनतम मूल्याङ्कन २५,००० रुपैयाँ हुने छ भने कर चुक्ता प्रमाणपत्र अनिवार्य गरिएको छ।

मेलामा सहभागी ग्राहकले १०,००० रुपैयाँको अतिरिक्त मूल्य प्राप्त गर्न सक्नेछन्।

यसका साथै ६,००० रुपैयाँको नगद छुट सुविधा पनि दिइने बताइएको छ ।बैंक ग्यारेन्टर नचाहिने गरी ७.९९ प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा उपलब्ध गराइएको छ।

नयाँ बाइक वा स्कुटर खरिद गर्दा हेल्मेट, लेग गार्ड, फुट म्याट, बाइक कभर र झोला निःशुल्क प्रदान गरिनेछ।

You may also like

This will close in 0 seconds