179
			
		
		
			
            
				            
			
			        
    नवलपरासी । विनयी त्रिवेणीमा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरीका अनुसार विनयी त्रिवेणी गाउँपालिका –५ देउरालीमा खोलामा डुबेर स्थानीय ८ वर्षीया रोशना रखालकोको मृत्यु भएको हो ।
डुबेर अचेत नाबालिकालाई उद्धार गरी मध्यविन्दु अस्पताल डण्डा ल्याएपछि चिकित्सकले मृत भनेका थिए । चार जना बालबालिकाहरू पौडी खेल्न खोलामा गएकोमा रोशना डुबेको प्रहरीले जनायो ।
 
			        

 
												 
														

