बुटवलमा छाला, यौन र स्त्री रोगको सेवा दिने ‘आरोग्य स्पर्श क्लिनिक’ सञ्चालनमा

by समतल अनलाइन
Shares

बुटवल। अब बुटवलमा एउटै ठाउँबाट छाला, यौन र स्त्री रोगको विशेषज्ञ सेवा पाउन सकिने भएको छ। बुटवलको हस्पिटल लाइनमा ‘आरोग्य स्पर्श क्लिनिक’ सञ्चालनमा आएको हो। करिब १ करोड रुपैयाँ खर्च गरेर खोलिएको यो क्लिनिकमा आधुनिक प्रविधि र अनुभवी डाक्टरको टोलीबाट सेवा दिइनेछ। क्लिनिकको शनिवार एक कार्यक्रमका विच औपचारिक उद्धघाटन हुने छ ।

क्लिनिकमा छाला, यौन र कुष्ठरोग विशेषज्ञ डा. मनोज सापकोटा, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बिन्दु खरेल र डा. शीला ढकालले उपचार सेवा दिनेछन्।

डा. सापकोटाले छालासम्बन्धी समस्या, यौन रोग र सौन्दर्यसम्बन्धी सेवा अत्याधुनिक प्रविधिबाट दिइने बताए। कृत्रिम बुद्धिमत्ताबाट छालाको परीक्षण गरिने, दाग हटाउने, टयाटु मेटाउने, कपाल झर्ने समस्या समाधान गर्ने जीएफटी थेरापी, कपाल प्रत्यारोपणजस्ता सेवा पनि उपलब्ध हुने जानकारी उनले दिए।

त्यस्तै, डा. बिन्दु खरेलले महिलासम्बन्धी रोगको उपचारमा पनि लेजर थेरापीको प्रयोग गरिने बताइन्। उनले निसन्तानको समस्या समाधान गर्ने, गर्भवती महिलाको आवश्यक परीक्षण गर्ने र सल्लाह दिने सेवा पनि हुने जानकारी दिइन्।

क्लिनिक सञ्चालकहरूका अनुसार एउटै स्थानमा तीनथरी सेवा उपलब्ध हुँदा बिरामीलाई निकै सजिलो हुनेछ। आधुनिक सेवा र अनुभवी डाक्टरको टिम भएको यो क्लिनिकले बुटवलमा नयाँ सुविधा ल्याएको उनीहरूको भनाइ छ।

You may also like