‘अफगानिस्तानको आगो’ पोर्चुगलमा लोकार्पण

by समतल अनलाइन
Shares

लिस्बन। साहित्यकार रामप्रसाद पन्त (आरपी)द्वारा लिखित संस्मरणात्मक निबन्ध संग्रह ‘अफगानिस्तानको आगो’ पोर्चुगलमा लोकार्पण गरिएको छ । 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको आयोजनामा आइतबार राजधानी लिस्बनमा एक कार्यक्रमका बीच उक्त संग्रहको लोकार्पण गरिएको हो । पुस्तकको लोकार्पण पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, लिस्बनस्थित नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपाल, अनेसास पोर्चुगलका अध्यक्ष सवी श्रेष्ठ र लेखक पन्तले संयुक्त रूपमा गरेका थिए । कृतिमाथि साहित्यकार अर्जुन श्रीले समीक्षात्मक टिप्पणी गरेका थिए ।  

पूर्व नेपाली सेनासमेत रहेका पन्तले पुस्तकमा रोजगारीका लागि विदेशिएका नेपालीले भोग्नुपरेका समस्या, पीडा, संघर्ष र कथाव्यथालाई प्रवासी नेपालीक‍ो साझा कथाका रुपमा चित्रण गरिएको बताए । उनले युद्धग्रस्त अफगानिस्तानमा कार्यरत नेपालीले भोग्नुपरेको पीडा, भय, त्रास र आफूले नजिकबाट नियालेका युद्धका दृश्य र भोगाइ नै पुस्तकको मुल विषयवस्तु रहेको बताए । वैदेशिक रोजगारीका सिलसिलामा झण्डै आधा दशक अफगानिस्तान रहेका पन्तले घरदेशदेखि परदेशसम्म र परदेशदेखि घरदेशसम्मको संघर्ष र यथार्थ भोगाइलाई निबन्धमार्फत प्रस्तुत गरेको बताए ।

पहिलो कृतिका रूपमा प्रकाशित पन्तको उक्त पुस्तकमा ११ वटा निबन्ध संग्रहित छन् । जसमा लेखकका जीवनसंघर्षका भोगाइहरू, युद्धबाट आक्रान्त अफगानिस्तानमा कार्यरत नेपालीहरूको अवस्था र उनीहरूका परिवारले भोग्नुपरेको पीडा तथा वेदना समेटिएका छन् ।

You may also like

This will close in 0 seconds