106
काठमाडौं । अर्बपति एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्च विधेयकको कडा आलोचना गरेका छन् । उनले यसलाई ‘घृणित’ टिप्पणी गरेको बीबीसीले जनाएको छ ।
यो कानुन मे महिनामा अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभबाट पारित भएको थियो । यो कानुनमा धेरै ट्रिलियन डलर बराबरको कर छुट, रक्षा खर्चमा वृद्धि र अमेरिकी सरकारलाई थप ऋण लिन अनुमति दिने बुँदा समावेश छन् । यसका पक्षमा मतदान गर्नेहरूलाई लाज लाग्नु पर्ने मस्कले मंगलबार सामाजिक सञ्जाल एक्समा लेखेका छन् । सरकारी दक्षता विभाग (डीओजीई)मा १२९ दिन काम गरेपछि अर्बपति मस्कले गत हप्ता प्रशासन छोडेका थिए ।