सिद्धार्थनगरका प्रमुख खाँद्वारा प्रदेशसँग बजेट माग

by समतल अनलाइन
Shares

भैरहवा ।संविधान सभा सदस्य एबम् सिद्वार्थनगर नगरपालिका, रुपन्देहीका नगर प्रमुख इश्तियाक अहमद खाँले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि लुम्बिनी प्रदेश सरकारसँग नगरको विकास तथा सुन्दरीकरण, फोहोरमैला ब्यावस्थापन गर्न मेसिन खरिद लगायतका शीर्षकमा बजेट माग गरेका छन् ।

खाँले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित अन्य मन्त्रीहरुसँग भेट गरि आन्तरिक स्रोत कम भएको सिद्वार्थनगरको विकासका लागि आबश्यक बजेट बिनियोजन गर्न माग गरेका हुन् । नगरको आर्थिक स्रोत कम भएको र जनताको अपेक्षा एबम् नगरमा गर्नुपर्ने काम धेरै भएको उल्लेख गर्दै उनले मुख्यमन्त्रीसहित मन्त्रीहरुलाइ बजेट बिनियोजनमा कन्जुसाईं नगर्न आग्रह समेत गरे ।

मुख्यमन्त्री आचर्य, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री सीता शर्मा, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना लगायतका मन्त्रीहरुसँ भेटघाट गरी बजेट माग गरेको नगर प्रमुखका स्वकीय सचिव वकरत बादशाहले जानकारी दिए ।

आगामी आर्थिक बर्षका लागि योजना छनोटमा सिद्वार्थनगरलाइ पनि बजेट बिनियोजन गर्न मन्त्रीहरुले सकारात्मक आश्वासन दिएको नगर प्रमुख खाँले बताए । प्रदेश राजधानी राप्ती उपत्यका दाङमा भएको भेटमा नगर प्रमुखसहित वडा नं. १३ का वडाध्यक्ष सोमबहादुर गुरुङ, प्रेस सल्लाहकार श्यामशंकर पाण्डे लगायत सहभागी थिए ।

You may also like

This will close in 0 seconds