शुद्धोदन गाउँपालिका पूर्ण संस्थागत प्रसुतियुक्त पालिका जिरो होम डेलिभरी तथा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

by समतल अनलाइन
Shares

नगेन्द्र केसी
शुद्धोदन।रुपन्देहीको शुद्धोदन गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयको आयोजनामा पूर्ण संस्थागत प्रसुतियुक्त पालिका जिरो होम डेलिभरी।तथा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ।शुद्धोदन गाउँपालिकामा आयोजित एक कार्यक्रमबीच शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल रुपन्देही जिल्ला समन्वय समिति प्रमुख तथा खोप समन्वय समितिका संयोजक उमाकान्त चापागाईं लगायतले सो घोषणा गर्नुभएको थियो।

स्वास्थ्य सेवा पहुँच र गुणस्तरमा निरन्तर सुधार गर्दै गाउँपालिकाले सबै लक्षित समूहमा पूर्ण खोप सुनिश्चित गर्नुका साथै स्वास्थ्य संस्थामा पूर्ण प्रसूति र सेवा निरन्तरतामा विशेष ध्यान दिएको प्रमाणित भएपछि पूर्व खोप र प्रस्तुति सेवायुक्त पालिका घोषणा गरिएको शुद्धोदन स्वास्थ्य सेवा शाखा प्रमुख समीर भण्डारीले बताउनुभयो रुपन्देही जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चापागाईंले कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्रमा हस्ताक्षर गर्नु भएको थियो ।

सो अवसरमा खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले.खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउदै यो घोषणा गर्न गत वर्षभन्दा धेरै पछि भएकोमा आपत्ति जनाउँदै आगामी दिनमा रुपन्देहीको पहिलो जिरो होम डेलिभरी।तथा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न आग्रह गर्नुभयो।शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले यस पूर्ण संस्थागत प्रसुतियुक्त पालिका जिरो होम डेलिभरी तथा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा लाई पुर्ण सफलताका लागि खटिएका स्वास्थ्य शाखाका कर्मचारी वडाहरुका स्वास्थ्यकर्मी,महिला सोयमसेबिका जनप्रतिनिधि स्थानीय सबैलाई धन्यवाद दिनुभयो।र आगामी दिनहरूमा स्वास्थ्य क्षेत्रमा पालिकाले विशेषगरी ध्यानाकर्षण गर्ने र महिला सोयम सेविकाहरुको हितका लागि पहल गरिने बताउनुभयो।

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली,शुद्धोदन ४ का वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक केशव प्रसाद अधिकारी,वडा नम्बर ५ का वडा अध्यक्ष चन्द्रभान चौधरी,वरिष्ट खोप अधिकृत सुरेन्द्र सुवेदी स्वास्थ्य कायर्यालय प्रशाशन प्रमुख लक्ष्मी पौडेल अर्याल,W.H.D प्रतिनिधि प्रतिक्षा किसिजु लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे।

कार्यक्रम संचालन स्वास्थ्य शाखामा कार्यरत सि.अ.न.मी, नि, सिर्जना पौडेलले गर्नुभएको थियोे।

You may also like

This will close in 0 seconds