युवा उद्यमी भेटघाट कार्यक्रम टाइगर प्यालेसमा सम्पन्न

by समतल अनलाइन
Shares

बुटवल । नेपाल उद्योग परिसंघ अन्तर्गतको युवा उद्यमी मञ्च लुम्बिनीको आयोजनामा एकदिने युवा उद्यमी भेटघाट कार्यक्रम शनिबार तिलोत्तमास्थित टाइगर प्यालेस रिसोर्टमा सम्पन्न भएको छ ।

कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक तथा नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

उक्त अवसरमा चौधरीले व्यापार तथा व्यवसाय सम्बन्धी अनुभव साझा गर्दै युवाहरूमाझ प्रेरणादायी विचार व्यक्त गरेका थिए। हालको परिवेशमा “देशमा केही गर्न सकिँदैन” भन्ने नकारात्मक धारणा फैलिरहेको उल्लेख गर्दै उनले भने, “देशमै केही गर्न चाहने युवाहरूका लागि प्रशस्त अवसरहरू उपलब्ध छन् ।” कार्यक्रममा लुम्बिनीका युवा उद्यमीहरूले व्यापार-व्यवसायसँग सम्बन्धित विभिन्न जिज्ञासाहरू राखेका थिए, जसको उत्तर चौधरीले दिएका थिए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम र उपाध्यक्ष बाबुराम बोहोरा विशेष अतिथीका रूपमा उपस्थित थिए ।

युवा उद्यमी मञ्च लुम्बिनीका अध्यक्ष राजन कसजुले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन लर्निङ चेयर विकास पाण्डेले गरेका थिए ।

You may also like

This will close in 0 seconds