बुटवलमा यामाहाको मेगा चेकअप क्याम्प सुरु, ५ दिन विशेष अफर

by समतल अनलाइन
Shares

बुटवल। यामाहा बाइक प्रयोगकर्ताहरूका लागि बुटवलमा विशेष सेवा सुविधा सहितको ‘मेगा चेकअप क्याम्प’ सुरु भएको छ। बाइकरज बुटवल प्रा.लि., कालिकानगर, सिद्धार्थ पथमा आयोजना गरिएको यो क्याम्प जेठ १८ देखि २२ गतेसम्म सञ्चालन हुनेछ।

पाँच दिनसम्म चल्ने यस क्याम्पमा यामाहा बाइकका लागि निशुल्क विशेषज्ञ जाँच, लेबर चार्जमा ५० प्रतिशत छुट, यामालुबमा १५ प्रतिशत छुट र असली स्पेयर पार्ट्समा १० प्रतिशत छुट जस्ता आकर्षक अफर उपलब्ध छन्।

कम्पनीका अनुसार यो सेवा क्याम्पले ग्राहकलाई आफ्नो बाइक अझ राम्रो अवस्थामा राख्न र दीर्घकालसम्म टिकाउ बनाइराख्न सहयोग पुर्‍याउनेछ। यामाहाले आफ्ना ग्राहकको सन्तुष्टि र सुरक्षालाई मध्यनजर गर्दै यस्तो सेवा प्रदान गरेको जनाएको छ।

आयोजकले बुटवल र आसपासका यामाहा प्रयोगकर्ताहरूलाई यो सुवर्ण अवसर नछुटाउन अनुरोध गरेका छन्।

You may also like