168
			
		
		
			
            
				            
			
			        
    काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीकै मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा एक लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको थियो। यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको थियो।
 
			        

 
												 
														

