182
बुटवल। तिलोत्तमा नगरपालिका–५ मा रहेको छहारि क्लबमा आगलागी हुँदा ठूलो धनमालको क्षति भएको छ। इलाका प्रहरी कार्यालय मंगलापुरका अनुसार आगो अहिले पूर्णरूपमा नियन्त्रणमा आएको छ।
प्रहरीका अनुसार आगलागी विद्युत सर्ट भएर भएको आशंका गरिएको छ। आगो नियन्त्रणका लागि तिलोत्तमा नगरपालिकासहित बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाबाट आएका दमकलहरूले संयुक्त प्रयासमा आगो निभाएका हुन्।