११ स्थानीय तहमा नियमित रक्तदाता संघ रुपन्देहीको रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न, ७ सय युनिटभन्दा बढी रगत संकलन

Shares

बुटवल ।नेपाल नियमित रक्तदाता संघ, रुपन्देही जिल्ला शाखाको अगुवाइमा तथा ११ वटा स्थानीय तहको सहकार्यमा सम्पन्न रक्तदान तथा स्वास्थ्य शिविरबाट ७ सय युनिटभन्दा बढी रगत संकलन गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि बिमलबहादुर शाक्य, जो नेपाल नियमित रक्तदाता संघका केन्द्रीय सल्लाहकार तथा बुटवल उपमहानगरपालिकाका पूर्व मेयर समेत हुन्, उनले भने, “रक्तदान जीवनदान हो। समाजमा यस्तो सकारात्मक कार्यलाई नियमित बनाउन सबै तहबाट सहकार्य आवश्यक छ। संघले थालेको प्रयास सराहनीय छ, स्थानीय तहहरूको सक्रिय सहभागीता झनै उत्साहजनक बनाएको छ।”

कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका केन्द्रीय अध्यक्ष दया बहादुर सिलवालको समेत उपस्थिति रहेको थियो। उनले संघको तर्फबाट यस्ता अभियान देशभर विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाउँदै, रुपन्देहीको समन्वय र सफलता सबैको लागी प्रेरणादायी भएको बताए।

नेपाल नियमित रक्तदाता संघ, रुपन्देहीका अध्यक्ष अशेष सिलवालले पहिलोपटक यति धेरै पालिकाको सहभागितामा यस्तो अभियान सञ्चालन भएको भन्दै आगामी दिनमा अझै प्रभावकारी बनाउने योजना रहेको जानकारी दिए।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्वास्थ्य प्रमुख ध्रुवराज घिमिरेले पालिकाले जनस्वास्थ्यको क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन सकारात्मक संकेत देखिएको बताए।

गैडहवा गाउँपालिकाका स्वास्थ्य प्रमुख सुरेन्द्र चौहानले स्थानीय तहमा जनस्तरसँग प्रत्यक्ष जोडिने यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।

नेपाल नियमित रक्तदाता संघका महासचिव दीपक अधिकारीले संघले निरन्तर रक्तदान प्रवर्द्धनका अभियानहरू सञ्चालन गर्दै आएको जानकारी दिँदै सबैलाई सामाजिक उत्तरदायित्वका रूपमा रक्तदानमा सहभागी हुन आग्रह गरे।

कार्यक्रममा संघका केन्द्रीय सल्लाहकार सुरेन्द्र शाक्य, QRVT संस्थाका माधव बस्नेत, दिनेश थापा, विशिष्ट अतिथि वडा नम्बर १८ का अध्यक्ष लगायतको उपस्थिति रहेको थियो।

QRVTका माधव बस्नेतले संघसँग सहकार्य गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा साथ रहने प्रतिबद्धता जनाए।

शिविर नेपाल नियमित रक्तदाता संघ, रुपन्देही जिल्ला शाखाको संयोजनमा तथा ११ वटा स्थानीय तहको सहकार्यमा सञ्चालन गरिएको थियो।

You may also like

This will close in 0 seconds