रोटरी क्लब तिलोत्तमाबाट नीलकण्ठ धामका विद्यार्थीलाई शैक्षिक सामग्री र खाद्यान्न प्रदान

Shares

बुटवल । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले नीलकण्ठ धामका बालबालिकालाई शैक्षिक सामाग्रि प्रदान गरेकाे छ । क्लवकाे वार्षिक कार्यक्रम अनुसार बुटवल उपमहानगरपालिका वडा नं. ७ नीलकण्ठ धाम स्थित सन्तोषी माता गुरुकुल विद्या आश्रममा शैक्षिक सामग्री तथा खाद्यान्न प्रदान गरिएकाे हाे ।

गुरुकुल विद्याश्रममा बसेर अध्ययन गरेका बालबालिकालाई अध्ययनमा सहज हाेस भनेर शैक्षिक सामाग्रि सहित खाद्यान्न प्रदान गरिएकाे क्लवका अध्यक्ष देवीराम पाण्डेले बताउनु भयाे ।

कार्यक्रममा रोटरी डिस्ट्रिक्टका रिजन सेक्रेटरी कृष्णप्रसाद शर्माले क्लवले राम्राे काम गरेकाे बताउँदै गुरुकुलमा अध्ययन गरेका बालबालिकामा आध्यात्मित ज्ञान सहितकाे नैतिक जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गर्नुभयाे ।
गुरुकुल विद्याश्रमका उपाध्यक्ष शेरबहादुर गौतमले सहयाेगी हातहरुबाट सञ्चालन भएकाे विद्याश्रममा सहयाेग गरेकाेमा क्लवलाई धन्यवाद व्यक्त गर्नुभयाे ।

त्यस अवसरमा विद्यालयकी प्राचार्य निरा पोखरेल, शिक्षक नारायण भट्टराई, कार्यसमितिका सचिव दण्डपाणी पाण्डे, चेतनारायण भट्टराईले नीलकण्ठ बाबाधाम तथा सन्तोषी माता गुरुकुल विद्याश्रमको संस्थापनाकालदेखि अहिलेसम्मकाे अवस्थाका बारेमा जानकारी गराउनु भएकाे क्लवका आगामी वर्षका सचिव किशाेरकुमार विकले जानकारी गराउनु भयाे ।

You may also like

This will close in 0 seconds