बुटवल । बुटवलमा तीन दिनसम्म सञ्चालन भएको एचआइभी परीक्षण तालिम समापन भएको छ ।
आप्रवासी तथा उनीहरूको दम्पतिका लागि सञ्चालित एचआइभी रोकथाम कार्यक्रम अन्तर्गत आउटरिज वर्कर र कम्युनिटी वर्करका लागि तीन दिने समुदायको नेतृत्वमा एचआइभी परीक्षण तालिम बुटवलमा भएको थियो ।
नागार्जुन डेभलपमेन्ट कम्युनिटी एनडिसिको आयोजना लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको समन्वय र जि एफ ए टि एमको सहयोगमा उक्त ३ दिने तालिम आयोजना गरिएको एनडिसीका कार्यकारी निर्देशक जगदीश चन्द्र भट्टले जानकारी दिए ।
उनले लुम्बिनी प्रदेशका तराइका छ जिल्लाहरु रुपन्देही, बाँके, बर्दिया, कपिलबस्तु, दाङ र परासीमा कार्यक्षेत्र रहेको बताउँदै उनले तालिममा २२ जना सहभागी रहेको बताए ।
प्रवासी कामदार र उनीहरूका दम्पतिका लागि एचआइभी रोकथामको कार्यक्रम लामो समयदेखि गर्दै आएको र आगामी दिनमा लुम्बिनी प्रदेशमा थप कार्यक्रम गरिने उल्लेख गरे।
समापन समारोहमा जि एफ ए टि एमका अनुगमन तथा मुल्यांकन व्यवस्थापपक खेमराज चौधरी, कार्यक्रम संयोजक बिर बहादुर पुन, एनडिसि रुपन्देही कार्यक्रम अधिकृत राधा अधिकारी भट्टराई लगायतले बोलेका थिए ।
तीन दिने तालिममा जनस्वास्थ्य प्रयोगशाला लुम्बिनी प्रदेशका ल्याब टेक्निसियनहरु सुमन सापकोटा कल्पना घिमिरे र शिवेन्द्र सिंह चौधरी प्रशिक्षकको भूमिकामा रहेका थिए ।
सो अवसरमा छ वटै जिल्लाका कार्यक्रम अधिकृतहरुको सहभागिता रहेको थियो ।