70
बुटवल । वर्षासँगैको बाढीले विभिन्न ठाउँमा डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध भएको छ। आज (शुक्रबार) बिहान परेको वर्षासँगैको बाढीले डाइभर्सन बगाएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो।
दुम्कीबास र चोरमाराको डाइभर्सन बाढीले बगाएको छ भने पूर्वबाट पश्चितमतर्फ आउने दाउन्नेको ओरालोस्थित खुर्साने खोलामा पनि बाढीले सडकमा क्षति पुर्याएको छ ।
इलाका प्रहरी कार्यालय, दुम्कीबासका इन्स्पेक्टर राजन तिमिल्सेनाका अनुसार बाढीले विभिन्न ठाउँमा डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग ठप्प भएको हो । सडक अवरुद्ध भएपछि दाउन्ने, दुम्कीबास र अरुणखोलाका विभिन्न ठाउँमा सवारी साधन बाटोमै रोकिएका छन् । खोलामा पानीको सतह नघटेपछि सडक खुलाउन समस्या भएको उनले बताए ।