स्वास्थ्य मन्त्रालयलाई ९५ अर्ब ८१ करोड बजेट

Shares

काठमाडौं । सरकारले सातै प्रदेशमा मुटुरोग उपचारको व्यवस्था गर्ने भएको छ । नयाँ बजेटमा अर्थमन्त्री विष्णु पौडेलले यसको व्यवस्था गरेको बताएका हुन् ।

फागुन महिनामा सबै प्रदेशमा स्वास्थ्य शिविर सञ्चालन हुने र यसका लागि २ अर्ब ६ करोड बजेट विनियोजन गरेको उनले जानकारी दिए । वीर अस्पतालमा जलनको उपचारका लागि आधुनिक उपचार स्थल स्थापना गर्न बजेट विनियोजन गरिने भएको छ ।

निर्माण सम्पन्न अस्पताललाई स्थानीय तहसँग समन्वयन गरी चलाइने उनले बताए । यसका लागि ११ अर्ब २४ करोड बजेट विनियोजन गरिएको छ । वीर अस्पताललाई अन्तर्राष्ट्रिय चिकित्सा उपचार उपलब्ध गराउन बजेट उपलब्ध गराएको उनले बताए । सबै प्रकारका औषधिको जाँच बढाइने भएको छ । यी सबै कामका लागि स्वास्थ्य मन्त्रालयलाई ९५ अर्ब ८१ करोड विनियोजन गरेको उनले बताए ।

You may also like