स्नातक उत्तीर्णलाई स्वयंसेवी शिक्षक बनाइने, विदेशी विद्यार्थीलाई निःशुल्क भिसा

Shares

काठमाडौं । सरकारले स्नातक उत्तीर्ण गरेका विद्यार्थीलाई स्वयंसेवी शिक्षक बनाउने भएको छ। उनीहरूलाई स्वयं सेवक शिक्षक बनाएर सामुदायिक विद्यालयमा पढाउन पठाइने अर्थमन्त्री विष्णु पौडेलले बताए।

आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले सामुदायिक विद्यालयको गुणस्तर बढाउन यस्तो प्रावधान राख्न खोजेको बताए । प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

विदेशी विद्यार्थीलाई निःशुल्क भिसा
काठमाडौं । सरकारले विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्न प्रवेशाज्ञा (भिसा) शुल्कमा छुट दिने भएको छ। बिहीबार आर्थिक वर्ष २०८२/०८३ को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विदेशी विद्यार्थीलाई निःशुल्क भिसा उपलब्ध गराउने घोषणा गरेका हुन् । त्यस्तै विदेशी विद्यार्थीका अभिभावकलाई बहुप्रवेश भिसा दिइने भएको छ ।

You may also like