सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब नौं अर्ब बजेट, बढाइएन वृद्धभत्ता पाउने उमेर

Shares

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्तामा मात्रै एक खर्ब ९ अर्ब बजेट विनियोजन गरेको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा यस्तो घोषणा गरिएको हो । अर्थमन्त्रीले छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने पनि उनले घोषणा गरेका छन् ।

सबै सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने उनले बजेट पढेर सुनाउँदै जानकारी गराए । ज्येष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचयपत्र प्रदान गरिने पनि उनले बताए । सामाजिक सुरक्षाका नाममा दोहोरो सुविधा नदिइने उनले बताए । तर, वृद्ध भत्ताको उमेर बढाउने घोषणा भने उनले गरेनन् ।

You may also like