पोखरा र भैरहवा विमानस्थलमा उडान गर्ने विमान कम्पनीलाई सुविधा

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने घोषणा

Shares

काठमाडौं । सरकारले पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न हवाइ सेवा कम्पनीहरुलाई सुविधा दिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नयाँ बजेटमा छुट सुविधा दिइने उल्लेख गरेका हुन् ।

काठमाडौंमा केन्द्रित हवाइ कम्पनीलाई भैरहवा र पोखरामा लैजान कर छुट दिने र प्रोत्साहन गर्नेछ । आन्तरिक विमानस्थलको व्यवस्थापनका लागि ५० करोड विनियोजन भएको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने घोषणा
सरकारले आगामी आवको बजेटमार्फत निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको घोषणा गरेको छ। आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । वैकल्पिक विकास वित्तको माध्यमबाट स्रोत व्यवस्थापन गरिने समेत उनले बताए । भद्रपुर, टरिगाँउको स्तरोन्नती र सुर्खेत विमानस्थल निर्माणको घोषणा समेत उनले गरेका छन् । उडान चाप कम भएका विमानस्थलको वैकिल्पक प्रयोगलाई जोड दिइने भएको छ ।

You may also like