काठमाडौंमा सात ठाउँबाट राजावादीको जुलुस, क–कसले गर्दैछन् नेतृत्व ?

Shares

काठमाडौं । राजावादीले काठमाडौंका सात ठाउँबाट र्‍याली र जुसुस निकाल्ने भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठका अनुसार रत्नपार्कमा दिउँसो २ बजेदेखि हुने कार्यक्रमका लागि सात ठाउँबाट र्‍याली निकालिनेछ । संयुक्त जनआन्दोलन समितिको संयोजन र राप्रपाको नेतृत्वमा गणतन्त्र दिवसकै दिनबाट अनिश्चितकालीन आन्दोलन थालिएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको ¥याली १ः१५ बजे मैतीदेवीबाट रत्नपार्कतर्फ अघि बढ्ने उनले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार मैतीदेवी, सिफल, नक्साल, नारायणचौर, त्रिपूरेश्वर, सुन्धारा र अर्को एक ठाउँबाट जुलुस निकालिने छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मैतीदेवीबाट निस्किने जुलुसको नेतृत्व गर्ने उनले जानकारी दिए । आजै बजेट भाषण भएकाले लिङदेन संसद पनि जानुपर्ने छ । उनी आन्दोलनमा सहभागी भइसकेर ३ बजे सम्भवतः संसद जाने छन्।

आज राजावादी सबै दल र घटकका नेताहरु आन्दोलनमा सहभागी हुने कार्यक्रम छ । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुबेदी पनि आउने छन् । आजै सत्तारुढ नेकपा (एमाले) ले गणतन्त्र दिवसका अवसरमा झाँकीसहितको र्‍याली तय भएकाले राजावादीको कार्यक्रम २ बजेपछि मात्रै हुन लागेको हो ।

You may also like