69
बाजुरा । बाजुरामा आज (मंगलबार) बिहान जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । टावर मर्मतका लागि गएका नेपाल टेलिकमका कर्मचारी सवार बा ५च २२०९ नम्बरको जीप दुर्घटनामा परेको बाजुरा प्रहरीले जानकारी दिएको छ ।
त्यहाँको जगन्नाथ गाउँपालिका–३ काँडाकोटमा जीप दुर्घटना भएको डीएसपी इकपाल हवारीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनामा दुई जना घाइते भएका छन् ।