44
काठमाडौं । नेपाल राष्ट्र बैंक शेयर बजारप्रति थप लचिलो बनेको छ । आज (आइतबार) जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले शेयर कर्जामा जोखिम भार १०० प्रतिशत कायम गरेको हो ।
यसअघि शेयर कर्जा जोखिम भार १२५ प्रतिशत थियो । यो निर्णयसँगै बैंक तथा वित्तीय संस्थाले कम पहिलेभन्दा कम मात्र जोखिम भार कायम गर्नु पर्ने भएपछि यो क्षेत्रमा कर्जा विस्तार क्षमता बढ्ने छ ।