अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय

by समतल अनलाइन
Shares

काठमाडौं । सत्तारुढ नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको छ । आज (आइतबार) पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको हो ।

उमेर हद लागेसँगै ३२ वर्ष पुरा भएका व्यक्ति अनेरास्ववियुको कुनै पनि कमिटीमा पदाधिकारी वा सदस्य बस्न पाउने छैनन् । यसअघि अनेरास्ववियुमा उमेर हद ३० वर्ष, ३२ वर्ष वा खुला नै राख्नेबारे बहस हुँदै आएको थियो। त्यसअघि अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलनका लागि ३२ वर्षमुनिका नियमित अध्ययनरत विद्यार्थीलाई मात्रै प्रतिनिधि पठाउन नेकपा (एमाले) का प्रदेश इन्चार्जहरूलाई निर्देशन दिएको थियो ।

अनेरास्ववियुको यही जेठ २४ देखि २७ गतेसम्म हुने राष्ट्रिय सम्मेलनका लागि जेठ १० गते देशभरका क्याम्पस कमिटीहरूबाट प्रतिनिधि छानिएको छ । जेठ १२ गते जिल्ला कमिटीबाट प्रतिनिधि छान्ने तय गरिएको छ। त्यसको पूर्व सन्ध्यामा कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटीले ‘सबै प्रतिनिधिहरू ३२ वर्षमुनिको र नियमित अध्ययन गरिरहेको हुनुपर्ने भन्दै सोहीअनुसार छनोट गर्नु हुन महासचिव शंकर पोखरेलको निर्देशन छ’ भन्ने व्यहोराको सन्देश जिल्ला अध्यक्षहरूलाई पठाएका छन् । कोशी इन्चार्ज शेरधनले पनि सोही निर्देशन दिएका छन् । अनेरास्ववियुका एक नेताका अनुसार सबै प्रदेश इन्चार्जहरूले जिल्ला अध्यक्षहरूलाई सन्देश पठाएका छन् ।

You may also like

This will close in 0 seconds