प्रमाणित भए गृहमन्त्रीले राजीनामा होइन, जेल जानु पर्छ : रास्वपा

Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पन्छिन नमिल्ने बताएको छ । आज (आइतबार) बसेको पार्टीको केन्द्रीय समितिको बैठकका निर्णयबारे जानकारी गराउँदै कार्यबाहक प्रवक्ता मनीष झाले गृहमन्त्री लेखकको संलग्नता पुष्टि भए राजनीति छाड्ने नभइ जेल जाने प्रक्रिया सुरु हुने बताएका छन् ।

रास्वपाले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा जोडिँदा पनि पदबाट राजीनामा नदिएको भन्दै आपत्ति जनाएको छ । कार्यबाहक प्रवक्ता झाले राज्यले दोहोरो मापदण्ड बनाउन नहुने बताएका छन् । ‘कसैलाई अभियुक्त बनाएकै आधारमा थुनामा हालिएको छ । तर, कसैलाइ आरोप लागेपछि प्रमाणित भए मात्र राजीनामा दिनुपर्ने ? कि नयाँ पार्टीकालाई आरोप लागे पुग्ने, पुराना पार्टीकालाई प्रमाणित हुनुपर्ने हो ?’ उनले प्रश्न गरेका छन् ।

त्यस्तै उनले आगामी प्रतिनिधिसभा बैठकमा यस विषयमा रास्वपा कडा रुपमा प्रस्तुत हुने पनि बताएका छन् । ‘म तपाईहरूलाई रास्वपाले के गर्छ भनेर अहिले नै भन्न चाहन्नँ । तर, यति चाहिँ भन्छु– पर्सिको बैठक सामान्य हुने छैन’ झाले भने । सहकारी ठगी प्रकरणको आरोप लागेका रास्वपाका सभापति रवि लामिछानेलाई राज्यले प्रतिशोध साँधेको रास्वपाको आरोप छ ।

You may also like