गौशालामा आठ वटा सवारी एकै पटक ठोकिए, तीन जना घाइते

Shares

काठमाडौं । काठमाडौंको गौशालामा एकै पटक आठ वटा सवारी साधन ठोकिएका छन् । यात्रुबाहक बस अनियन्त्रित हुँदा आठ वटा सवारी ठोकिएका हुन् । एयरपोर्टतर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बस बिहान १०ः५५ बजे दुर्घटनामा परेको हो । बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भई दुर्घटना हुँदा सडकमा गुडिरहेका केही सवारीमा समेत ठक्कर दिएको थियो । दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

अनियन्त्रित बसका चालक भने फरार रहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहोराले जानकारी दिए । बसले बा ५ ख ७३१ नम्बरको माइक्रोबस, बा.प्र–०१–०२६ च ८५७६ नम्बरको कार, बी एसी ९७७३ नम्बरको कार, बा १६ च ४४५२ नम्बरको कार, प्र–२–०१–००३ प १००५ नम्बरको मोटरसाइकल, बा ५१ प २२ नम्बरको मोटर साइकल, बा.प्र–०२–०४६ प ४८१९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा घाइतेहरूलाई उद्धार गरेर केएमसी अस्पताल पठाइएको बोहराले बताए ।

दुर्घटनामा बा ५१ प २२ नम्बरको मोटरसाइकलका चालक धादिङ ज्वालामुखी गाँउपालिका–१ घर भई टोखा बस्ने वर्ष ३२ को राजकुमार श्रेष्ठ, बा ५१ प २२ नम्बरको मोटरसाइकल पछाडि सवार नुवाकोट टाडी गाँउपालिका–२ का २२ वर्षीय विकाश कट्टेल, प्र(२(०१(००३ प १००५ नम्बरको मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका– ५ का ३७ को शैलेन्द्र राई घाइते भएका छन् ।

You may also like