163
			
		
		
			
            
				            
			
			        
    काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँ पुगेको छ, जुन मंगलबारको तुलनामा पाँच हजार रुपैयाँले बढी हो । मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ, जुन हिजोको एक हजार ९४० रुपैयाँको तुलनामा ५० रुपैयाँले बढी हो ।
 
			        

 
												 
														

