अब सिए पढ्न काठमाडौं जानु पर्दैन, बुटवलमै उपलब्ध सुविधा सम्पन्न कक्षा

Shares

बुटवल।पछिल्ला पाँच वर्षदेखि बुटवलमा सिए (चार्टर्ड एकाउन्टेन्ट) तयारी कक्षा सञ्चालन गर्दै आएको एओसी सिए कलेजले उल्लेखनीय सफलता हासिल गर्दै आएको छ। कलेजका अनुसार अहिलेसम्म ७० देखि ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदै आएका छन्।

काठमाडौंको एओसी कलेजको शाखाका रूपमा सञ्चालनमा रहेको यो संस्था नेपाल र भारत दुवै बोर्डको सिए परीक्षा तयारी गराउने बुटवलकै एक मात्र संस्था हो। सिए एक प्राविधिक र व्यावसायिक विषय हो, जुन कक्षा १२ सकेका जुनसुकै संकायका विद्यार्थीले अध्ययन गर्न सक्छन्।

कलेजका सञ्चालक सिए रविन कार्कीका अनुसार, सिए पढ्नका लागि कम्तीमा २ जीपीए हुनुपर्छ। कक्षा १२ को परीक्षा दिएपछि नै विद्यार्थीले बोर्डमा फारम भरेर सिएको कक्षा सुरु गर्न सक्ने व्यवस्था छ। रिजल्ट कुर्नुपर्ने बाध्यता छैन, यदि आफूलाई आवश्यक जीपीए आउँछ भन्नेमा ढुक्क छ भने पढाइ सुरु गर्न सकिन्छ।

एओसि कलेजका सन्चालक:रविन कार्की

कार्कीका अनुसार, अब काठमाडौं बाहिर पनि सिए पढ्न सकिन्छ भन्ने उदाहरण बुटवलको एओसी कलेज हो। यहाँ आवश्यक सबै अध्ययन सामग्री, दक्ष शिक्षक र सुविधा उपलब्ध छन्। काठमाडौं बाहिर पढ्दा राम्रो पढाइ पाइँदैन भन्ने सोच अब गलत साबित भएको उनले बताए।

यद्यपि, उनले विद्यार्थीलाई विभिन्न प्रलोभनमा नपरी सही संस्था छान्न सचेत रहन आग्रह गरेका छन्। धेरैले सिए पढ्न गाह्रो र महँगो हुन्छ भन्ने धारणा राखे पनि त्यो पूर्णतः सही नभएको कार्कीको भनाइ छ।

उनका अनुसार, मेहनत गर्न सक्ने र लक्ष्यमा ध्यान दिने विद्यार्थीका लागि सिए पढाइ चुनौती होइन। खर्चको हिसाबले पनि यो कोर्ष अन्य शैक्षिक कार्यक्रमसरह नै रहेको उनले बताए। नेपाल बोर्डबाट सिए सक्न ५ वर्ष लाग्छ भने भारत बोर्डको सिए ४ वर्षमा सकिन्छ। दुबै कोर्ष पूरा गर्न झण्डै ४ देखि ५ लाख रुपैयाँसम्म खर्च हुन्छ।

सिए कोर्ष तीन चरणमा बाँडिएको छ – प्रारम्भिक ६ महिनाको अध्ययन, त्यसपछि ९ महिनाको इन्टरमिडियट चरण र अन्तमा ३ वर्षको फाइनल चरण। दुवै देशका कोर्षमा लेखा, लेखा परीक्षण, लागत र वित्त सम्बन्धी विषयहरू पढाइन्छन् भने कर र कानुनका पक्ष भने नेपाल र भारतको प्रणाली अनुसार फरक छन्।

सिए पढ्न चाहने विद्यार्थीका लागि बुटवलको एओसी सिए कलेज एउटा राम्रो विकल्प बन्ने सम्भावना देखिएको छ।

You may also like