142
मनाेज कार्की
गुल्मी । पछिल्लो समय हाेटल तथा रेष्टुरेन्टमा गई लाखौं खर्च गरि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ । मनाेरञ्जनकाे नाममा बिकृति पनि बढ्दै गएको देखिन्छ । तर गुल्मीका एक युवाले आफ्नो जन्मदिन फरक तरिकाले मनाई समाजमा सकारात्मक सन्देश दिएका छन् ।
जन्मदिनको अवसरमा गुल्मीकाे मालिका गाउँपालिका वडा नम्बर ७ घमिरका शेषकान्त लम्सालले बिद्यालयमा खेलकुद सामाग्री बितरण गरेका छ्न ।
उनले मालिका गाउँपालिकाकाे देविस्थान माध्यमिक विद्यालय घमिर , बरारुख आधारभुत बिद्यालय घमिर , मैदानचौर प्राथामिक विद्यालय घमिरमा शैक्षिक सामग्री बितरण गरेका हुन् ।