दुर्गा प्रसाईसहित २६ जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति

by समतल अनलाइन
Shares

काठमाडौं । काठमाडौंको तीनकुने आन्दोलनको घटनामा पक्राउ परेका दुर्गा प्रसाईंसहित २६ जनालाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंसहित २६ जनामाथि अनुसन्धान गर्न थप चार दिनको अनुमति दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन्। आइतबार इजलासमा बहस नभएको र म्याद थप मात्रै भएको उनले बताएका छन्।

प्रहरीले उनीहरूमाथि राज्‍यविरूद्धको कसुर र संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ । संगठित अपराध कसुरमा ६० दिनसम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। यसअघि शुक्रबार मात्रै सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्‍द्र मिश्रलाई हाजिर जमानीमा छाड्न आदेश दिएको थियो ।

प्रहरीले हिरासतमै राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उक्त रिटमा न्यायाधीशहरू तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले हाजिर जमानीमा छाड्‍न आदेश दिएको थियो। चैत १५ गते काठमाडौंको तीनकुनेमा राजतन्त्र पुनस्र्‍थापनाको माग राख्दै दुर्गा प्रसाईंको नेतृत्वमा आन्दोलन भएको थियो । तर उक्त आन्दोलन हिंसात्मक भएपछि दुई जनाको मृत्यु समेत भएको थियो ।

You may also like

This will close in 0 seconds