37
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ। सभापति शेरबहादुर देउवाको आह्वानमा शनिबार दिउँसो २ बजे कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।
बैठक संघीय संसद भवनको ल्होत्से हलमा बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा छलफल हुने एजेण्डा छ।
