२४ औ स्थापना दिवसमा बाल संगठनलाई खाद्यान्न सहयोग

Shares

बुटवल।सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लब अफ बुटवल डाउनटाउनले आफ्नो २४ औ स्थापना दिवसको अवसरमा नेपाल बाल संगठन कपिलबस्तु शाखालाई खाद्यान्न सहयोग गरेको छ । शुक्रबार एक समारोहका बिच क्लबका एजी जिवन अर्याल, अध्यक्ष शिव ज्ञवाली, संस्थापक सदस्य ऋषि बहादुर भण्डारीले नेपाल बाल संगठन कपिलबस्तुका अध्यक्ष गोपाल ज्ञवालीलाई २४ हजार रुपैया बराबरको खाद्यान्न हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा क्लबका एजी जिवन अर्यालले बालगृहको पूर्वाधारमा सरकारबाट आवश्यक सहयोग भएपनि ब्यवस्थापनमा कठिनाई रहेको विषयमा यसअघि ज्ञान नरहेको भन्दै आगामी दिनमा सबैको सहयोग जुटाउन लाग्न सुझाव दिए । आफै क्षेत्रमा रहेको कार्यक्रममा नेपाल बाल संगठन कपिलबस्तुका अध्यक्ष गोपाल ज्ञवालीले बालमन्दिर देशकै दोस्रो ठुलो धनि संस्थाका रुपमा पहिचान बनाएको भएपनि आश्रित बालबालिकाहरुलाई ब्यवस्थापनमा धेरै कठिनाई रहेको बताए ।

बिसं २०५९ सालदेखि द्धन्द्धकालमा घर छोड्न बाध्य रहेका परिवारका बालबालिकाहरुलाई आश्रय दिएको ईतिहास भएको उनले बताए । काठमाण्डौ नक्सालमा मुख्य कार्यालयसहित देशका १० स्थानमा बालगृहका शाखाहरु रहेको उनले बताए । कतिपय बालबालिकाहरु पुर्नस्थापित भएको उनले बताए ।

कक्षा १२ सम्म पढ्न ब्यवस्था गरिदिने र त्यसपछि उनिहरुलाई समाजमा आयआर्जनमा जोड्ने काम गर्दै आएको उनले बताए ।
कार्यक्रममा पूर्वअध्यक्ष भिमलाल श्रेष्ठले आगामी दिनमा रोटरीको सहकार्यमा शैक्षिक सामाग्री, स्वास्थ्य शिविर, न्यानो कपडा र छात्रवृत्ति प्रदानका कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाए ।
कार्यक्रममा क्लबका अध्यक्ष शिव ज्ञवालीले स्थापना दिवस कपिलबस्तुमा पर्यटन प्रवद्र्धनका लागि फेलासिप कार्यक्रमसंगै सामाजिक क्षेत्रमा रहेर बालगृहमा सहयोग गरेको बताए ।

You may also like