132
			
		
		
			
            
				            
			
			        
    सप्तरी । गृहमन्त्री रमेश लेखकले कांग्रेस–एमालेको गठबन्धन कुनै पनि हालतमा नटुट्ने बताएका छन्। आज सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यसअघिका प्रधानमन्त्रीलाई तीन तीन महिनामा विश्वासको मत लिनुपर्ने अवस्था रहेको भन्दै कम्तीमा वर्तमान सरकारलाई यो बाध्यता नरहेको बताए ।
सरकारले १० महिनामा गरेका कामको फेहरिस्त दिँदै उनले यो अवधिमा मुलुकमा आर्थिक उन्नतिका धेरै काम भएको दाबी गरे । अहिलेको सरकार मान्छे हेरेर आग्रह–पूर्वाग्रह किसिमले कारबाहीमा नउत्रने समेत गृहमन्त्री लेखकको भनाइ छ । उनले सहकारी ठगीमा फरार रहेका जीबी राईको पनि खोजी भइरहेको बताएका छन् ।
 
			        

 
												 
														

