काठमाडौंबाट पोखरा गएको माइक्रो दुर्घटना, तीन जनाको मृत्यु

Shares

पोखरा । कास्कीको पोखरा महानगरपालिका– ३२ लामेआहालमा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्की, हेम्जाकी ५१ वर्षीया झाङमाया गुरुङ छिन्। एक जना पुरुष र अर्की महिलाको सनाखत हुन सकेको छैन ।

काठमाडौंबाट यात्रुसहित ११ जना सवार ग १ ज ८६३० नम्बरको माइक्रो लामेआहालमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो । दुर्घटनामा परी थप आठ जना घाइते भएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ । तीब्र गतिमा रहेको माइक्रो सडकदेखि करिब ३५ मिटर तल खेतमा खसेको प्रहरीले जनाएको छ ।

You may also like