एक–एक रुपैयाँ उठाएर पार्टी अफिस बनाइदिन्छु भन्ने पनि निस्किए : प्रधानमन्त्री

by समतल अनलाइन
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको पार्टी कार्यालय ‘एक–एक रुपैयाँ उठाएर बनाइ दिन्छु’ भन्ने प्रस्ताव आएको बताएका छन् । आज (मंगलबार) बनेपामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘अस्ती हाम्रो पार्टी अफिस गएर एक–एक रुपैयाँमा हामी बनाउँछौँ भन्ने पनि निस्किए,’ प्रधानमन्त्री ओलीले भने, ‘एक–एक रुपैयाँमा पार्टी अफिस बनाउने रे।’ एक–एक रुपैयाँ दिन्छौँ र पार्टी अफिस बनाउँछौँ भन्नेलाई ‘ल ल्याऊ’ भन्दा वाचाबाट मुख फर्काएको पनि बताए।

‘एक–एक रुपैयाँ दिन्छौँ पार्टी अफिस बनाउँछौं । भरे चन्दा कतिले दिन्छौं भन्दा एक–एक रुपैयाँ कहाँ साटेर ल्याउने ? भन्छन्,’ प्रधानमन्त्री ओलीले भने। अहिलेको जमानामा एक रुपैयाँ साँटेर ल्याउन नसक्ने भन्दै नदिने बहाना बनाएको पनि उनले बताए। उनले भने, ‘अहिले जमानामा कहाँ साँटेर ल्याउने भन्छन्, दिँदैनन् त्यो पनि। त्यसर्थ भन्ने एउटा कुरा हो। रियालिटी अर्कै कुरा हो।’

You may also like

This will close in 0 seconds