95
काठमाडौं । ताप्लेजुको कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६३ वर्षीया मार्गेटा मोरिङ रहेकी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
‘सिरीजङ्घा गाउँपालिका–८ स्थित कञ्चनजंघा हिमालको दक्षिणी धारबाट वैशाख २६ गते आरोहणमा गएकी उनको वैशाख २७ गते राति ११ आठ हजार मिटरको उचाइमा पुगेपछि मृत्यु भएको जानकारी हामीलाई आएको छ,’ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक रोहिकुमार शर्माले भने, ‘शव अहिले पनि घटनास्थलमै छ।’ आरोहीको मृत्यु भएको जानकारी प्रहरीलाई सोमबार मात्रै आएको उनले बताए।
previous post