133
गुल्मी। गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–६ भुवाचिदीमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय १७ वर्षीय ग्रीष्म शर्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो।
शर्मा हिजो दिउँसो तीन जना साथीहरूसँग छल्दी खोलामा पौडी खेल्न गएका थिए। सोही क्रममा खोलामा डुबेर उहाँको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।