१५ वर्षपछि मिलनचोकबाट सरेर यामाहा सोरुम अब कालिकानगरमा, बिग एक्सचेन्ज अफरसहित सेवा सुरु

Shares

बुटवल । बुटवलको मिलनचोकमा १५ वर्षदेखि सञ्चालनमा रहेको यामाहा मोटरसाइकलको सोरुम अब कालिकानगरमा सरेको छ। बुटवल कालिका नगरस्थित होराइजन चोक र चौराहा अस्पतालको बीचमा रहेको सिद्धार्थ पथमा रहेको यामाहाले अब ‘ब्लु स्क्वायर’ ब्रान्ड अन्तर्गत सोरुम र सर्भिस सेन्टर दुवै एउटै स्थानबाट सेवा सुरु गरेको छ।

कम्पनीले वैशाख २४ गतेदेखि ३१ गतेसम्म बिगेस्ट एक्सचेन्ज इभेन्ट आयोजना गरेको छ। उक्त अफरमा जुनसुकै कम्पनीको पुरानो बाइक वा स्कुटर ल्याएर साट्दा न्यूनतम ५० हजार रुपैयाँको मूल्य पाउने व्यवस्था गरिएको छ। साथै, बजार मूल्यांकनभन्दा १० हजार रुपैयाँ थप भ्यालु प्रदान गरिनेछ।

बाइक किन्न चाहने ग्राहकलाई बिना ग्यारेन्टर ७.९९९% ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध हुने सेल्स म्यानेजर मोहन सुर्यवंशीले जानकारी दिए।

नयाँ वर्षको अफर अन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्म जित्ने मौका पनि पाउनेछन्। साथै, सोरुममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सञ्चालन गरिने जानकारी व्यवस्थापक यमलाल न्यौपानेले दिएका छन्।

You may also like

This will close in 0 seconds