विश्व रेडक्रस दिवसको अवसरमा पक्लिहवामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ३३ प्वाइन्ट रगत संकलन

Shares

भैरहवा।विश्व रेडक्रस दिवस (८ मे) को अवसरमा युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसको आयोजनामा बिहीबार एकदिने खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको सहकार्यमा आयोजित कार्यक्रममा ३३ प्वाइन्ट रगत संकलन गरिएको आयोजकले जानकारी दिएको छ।

पक्लिहवा क्याम्पस प्रांगणमा सम्पन्न कार्यक्रममा युवा रेडक्रस सर्कलकी अध्यक्ष सुचना थापाको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका उपसभापति एवं समाजसेवी सुशील गुरुङ्गको प्रमुख आतिथ्य रहेको थियो। प्रमुख अतिथि गुरुङ्गले रेडक्रसले मानवीय सेवामा समर्पित भएर समय–समयमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै यस्तो कार्यक्रमले बिरामीको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रममा पक्लिहवा कृषि क्याम्पसका क्याम्पस प्रमुख सह–प्राध्यापक जन्मजय गैरे, नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका मन्त्री टेक बहादुर थापा, रेडक्रस बेलहिया उपशाखाका अध्यक्ष तथा जिल्ला सदस्य राकेश गुरुङ, नयाँगाउँ–रानीगाउँ समाजका अध्यक्ष याम बहादुर थापा लगायतले रेडक्रसको भूमिका, रक्तदानको महत्व र यसको नियमित आवश्यकता बारे धारणा राखेका थिए।

कार्यक्रम संयोजक कश्मिला रानाले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन भुवन ओढले गरेका थिए। कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ की वडा सदस्य हरिमाया गुरुङ, प्रहरी चौकी मेउडिहवाका प्रमुख खिम बहादुर खत्री, बेलहिया उपशाखाका सचिव माधव शर्मा, कोषाध्यक्ष पंकज उदास, समाजसेवी नन्द पुन, अस्मिता केसी, अविचल जंग केसी, गौरव थापा लगायतको उपस्थिति थियो।

You may also like

This will close in 0 seconds