तिलोत्तमामा यहि जेष्ठ ३ र ४ गते अन्तराष्ट्रिय स्तरको करांते प्रतियोगिता

Shares

तिलोत्तमा ।रुपन्देहीको तिलोत्तमामा अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । प्रथम अन्तराष्ट्रिय कराते प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक संस्था नेपाल सितेरियो करांते दो संघ तिलोत्तमाका अध्यक्ष एबम प्रशिक्षक सन्तु दंगोरिया थारुले बताउनुभयो।सितेरियो करांते दो संघ तिलोत्तमाको आयोजनामा यही जेष्ठ ३ र ४ गते अन्तराष्ट्रिय स्तरको करांते प्रतियोगिता हुने भएको छ।

तिलोत्तमाको वडा नम्बर-३ स्थित बिग चेयर रिसोर्टमा हुने सो कार्यक्रमको पुर्ण तयारी भैसकेको संस्थाका अध्यक्ष थारुले बताउनुभयो।प्रतियोगिताको लागि भारत,भुटान,श्रीलंका,बंगलादेश र नेपालका गरी साढे ३ सय देखि ४ सय जना सहभागी हुने आयोजकका तर्फबाट अध्यक्ष थारुले बताउनुभयो। उहाँले यस्तो खालको प्रतियोगिताले स्वास्थ्य संगै राष्ट्रका लागि समेत योगदान दिने र देशको खेलकुद क्षेत्रमा नयाँ आयाम ल्याउने भएकाले खेलाडी उत्पादनमा समेत टेवा पुग्ने हुनाले खेलमा सहभागी हुन र अबलोकन गर्न सबै सहयोगीहरुमा सहयोगका लागि अपिल समेत गरेका छन्।

प्रतियोगितामा करातेको ४ वटै विधामा खेल हुने आयोजकले जनाएका छन ।उक्त कार्यक्रमको लागि सबै क्षेत्रको सहयोग जरुरी रहेको नेपाल कराते महासंघ जिल्ला अध्यक्ष सन्तोष सिंहले बताउनुभयो ।उहाँले कराते प्रतोयोगिता यस क्षेत्रमै सबैभन्दा गर्विलो ईतिहास भएकोले सबैको सहभागिता जरुरी रहेको उल्लेख गर्नुभयो। आज आयोजित पत्रकार सम्मेलनमा खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, सितेरियो करांते संघका केन्द्रिय सदस्य प्रेम राना, रेफ्री संयोजक कृष्ण देवकोटा,सितेरियो करांते दो संघ जीला रुपन्देहीका अध्यक्ष नारायण थापा,बिष्णु श्रेष्ठ पासा , संजय कुमार चौधरी,दिलु राना लगायतकाले बोल्दै करांतेको गरिमा नेपालले धेरैप्रतियोगितामा देखाएको हुनाले खेलाडीको उत्कृस्ट प्रस्तुतिका लागि सबैको हौसला हुनुपर्ने बताए।

प्रतियोगितामा विभिन्न उमेर तथा तौल समूहको प्रतियोगिता हुने आयोजकले बताएका छन् । विभिन्न ४ उमेर क्याटोगिरीमा हुने प्रतियोगितामा जुनियर तर्फ १० बर्ष उमेर समूह, यसैगरी १० देखि १२ वर्ष उमेर समूह १२ देखि १६ बर्ष सम्मका उमेर समूह र सिनियर तर्फ १८ बर्ष माथिको कराते प्रतियोगिता हुने आयोजकले जनाएका छन् ।

पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले २ दिनमा सबै उमेर समुहका ६२ विधामा खेल खेलाईने समेत बताएको छ।कार्यक्रमको संचालन मधु पाण्डेले गरेका थिए।

You may also like

This will close in 0 seconds