डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै २० लाख ठगेको आरोपमा युवती पक्राउ

by समतल अनलाइन
Shares

काठमाडौं । डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै २० लाख ठगेर भागेको आरोपमा एक युवती पक्राउ परेकी छिन्।पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–८ घर भइ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गट्ठाघर बस्ने २७ वर्षीया सुजिता अधिकारी छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार टेकुबाट पक्राउ गरेको हो ।

आफूले अध्ययनका लागि क्यानडाका भिसा पाएको र डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै एक युवकबाट २० लाख रुपैयाँ ठगी गरेको आरोप छ । २० लाख लिएपछि उनी सम्पर्कबिहीन भएकी थिइन् । पक्राउ परेकी उनलाई आपराधिक लाभको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

You may also like