डाक्टर नारायण प्रसाद पन्थ नेपाल नाट्य प्रतिष्ठान लुम्बिनी प्रदेशको अध्यक्षमा चयन

by समतल अनलाइन
Shares

बुटवल ।नेपाल नाट्य प्रतिष्ठान लुम्बिनी प्रदेशको अध्यक्षमा डाक्टर नारायण प्रसाद पन्थ सर्वसम्मत रूपमा चयन भएका छन्।

नेपाल नाट्य प्रतिष्ठान पोखराद्वारा प्रकाशित ‘नेपाली नाट्य विमर्श’ नाट्य ग्रन्थको लोकार्पण तथा स्रष्टा सम्मान कार्यक्रमको अवसरमा बुटवलमा आयोजित भेलाले पन्थको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ नेतृत्वमा उपाध्यक्षमा डाक्टर प्रेम प्रसाद तिवारी, सचिवमा भावना खनाल निर्विरोध चयन भएका छन्। कोषाध्यक्षमा डिल्ली नारायण पाण्डे र सह-सचिवमा राजु भुसाललाई पहिलो बैठकले मनोनयन गरेको छ।

त्यस्तै, समितिका सदस्यहरूमा नारायण बियोगी, तिलक लामिछाने, हेमराज भुसाल, गणेश भण्डारी, राजेन्द्र कुवँर, ईश्वरी प्रसाद पोख्रेल, आचार्य दयानिधि गौतम, शशि पन्थी, कमल पोख्रेल र डाक्टर अजित खनाल निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समिति सदस्य भोज खत्री (भोजु) ले नयाँ कार्यसमिति सम्बन्धी जानकारी दिएका हुन्।

यसैगरी, प्रतिष्ठानको संरक्षकमा केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र पोख्रेल रहेका छन् भने सल्लाहकारमा ऋषि आजाद, लोकनाथ उपाध्याय र बालकृष्ण भण्डारी रहेका छन्। निर्वाचन समिति संयोजक कवि डाक्टर शालिकराम पौडेलले यो जानकारी दिएका हुन्।

कार्यक्रममा मन्तव्य दिँदै नवनियुक्त अध्यक्ष डाक्टर नारायण पन्थले लुम्बिनी प्रदेशमा नाटक मञ्चन, प्रहसन, प्रकाशनलगायतका गतिविधिमा सक्रियता देखाउने प्रतिबद्धता व्यक्त गरे। उनले प्रदेशका प्रतिभाशाली तर ओझेलमा परेका सर्जकहरूलाई उजागर गर्ने गरी कृति प्रकाशनसमेत गरिने बताए।

सोही अवसरमा नाट्य विमर्श ग्रन्थका परिचर्चाकार प्राध्यापक डाक्टर रामनाथ ओझाले यस कृतिलाई नेपाली नाटक विधामा ऐतिहासिक योगदान दिने ग्रन्थको रूपमा उल्लेख गर्दै, यसले समालोचनाको क्षेत्रमा विशेष महत्व राख्ने धारणा व्यक्त गरे।

You may also like