फिल्म ‘दान्भी’ का निर्देशक तामाङसँग अभिनेत्री पूजाको अर्को सहकार्य

Shares

काठमाडौँ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘दान्भी’का निर्देशक रुपेश तामाङसँग अभिनेत्री पूजा शर्माले बुधबार जन्मदिन मनाएकी उनले सोही अवसरमा निर्देशक तामाङको नयाँ फिल्म सम्झौता गरेकी हुन् । नाम तय हुन बाँकी रहेको फिल्ममा पूजा फेरी एक्सन अवतारमा देखिने भएकी छिन् । ‘दान्भी’मा पनि उनको एक्सन भूमिका थियो ।

एक्सन फिल्म बनाउन रुचाउने तामाङले ‘दान्भी’अघि ‘जय शम्भो’ निर्देशन गरेका थिए । यी दुवै फिल्म बक्स अफिसमा भने राम्रो गर्न सकेका थिएनन् ।

केही दिनमा चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएपछि फिल्मको नाम सार्वजनिक गरिने निर्देशक तामाङले बताएका छन् ।

फिल्मको कथा सुमन गजमेरले लेखिरहेका छन् भने भदौपछि छायांकन सुरु गर्ने तयारी गरिएको छ ।

You may also like