माओवादी केन्द्रले ‘मध्य-पहाडी लोकमार्ग अभियान’ गर्ने

Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘मध्य–पहाडी लोकमार्ग अभियान’ जेठ २ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले हालै सम्पन्न भएको ‘हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ को समीक्षा गर्दै मध्य–पहाडी लोकमार्ग अभियानको मिति तय गरेको हो ।

बैठकले ‘हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ ले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएको र उक्त अभियान माओवादीको मात्रै नभएर सम्पूर्ण राष्ट्रकै अभियान बनेको निष्कर्ष निकालेको छ ।

त्यस्तै, बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, अभियानको तयारी, कार्ययोजना र संगठनात्मक पक्षबारे विस्तृत छलफल भएको बताइएको छ ।

You may also like