205
			
		
		
			
            
				            
			
			        
    काठमाडौँ । गृह मन्त्रालयले ७ डिआइजीको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले मन्त्रिस्तरीय निर्णय गर्दै विभिन्न ७ नायब महानिरीक्षक (डिआइजी) को सरुवा गरेका हुन् ।
जसमा इश्वर कार्कीलाई कोशी प्रदेश प्रहरी कार्यालय, उमाप्रसाद चतुर्वेदीलाई मधेश प्रदेश प्रहरी, धनुषा, अरुण पौडेललाई बागमती प्रदेश प्रहरी कार्यालय, दिनेश कुमार आचार्यलाई गण्डकी प्रदेश प्रहरी कार्यालय, डम्बर बहादुर विकलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र गोविन्द थपलिया केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा गरिएको छ ।

 
			        

 
												 
														

