247
प्रोसेस पाण्डेले ‘द भ्वाइस अफ नेपाल’को छठौं सिजनको उपाधि हात पारेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा उनी विजेता घोषित भएका हुन् । उनले उपाधिसँगै नगद २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्राेसेसले टिम खेम सेन्चुरीको तर्फबाट प्रतिनिधित्व गरेका थिए । गायक सेन्चुरी पहिलो पटक ‘द भ्वाइस अफ नेपाल’को जर्ज बनेका थिए । यस्तै टिम मेलिना राईबाट रोशन राई फस्ट रनरअप भएका छन् ।