छुटिन् ‘पेस्तोल पड्काउँदै’ नाच्ने नेत्री बबी सिंह

Shares

जनकपुरधाम । ‘पेस्तोल पड्काउँदै नाचेर भाइरल बनेकी जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबीसिंह यादव बोलाएको बेला हाजिर हुने शर्तमा कागज गरेर छुटेकी छन् ।

सर्लाहीमा हल्दी–मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काएको भिडिओ भाइरल भएपछि उनलाई सप्तरी प्रहरीले बोलाएर बयान लिएको हो । बयानपछि बोलाएको बेला हाजिर हुने गरी कागज गराएर छाडिएको सप्तरी प्रहरीले जनाएको छ । बबीले प्रहरीसमक्ष आफूले मनोरञ्जनका लागि पेस्तोल पड्काएको र त्यो खेलौना भएको बयान दिएकी छन् ।

सिंहले पड्काएको पेस्तोल सर्लाहीको मलंगवा नगरपालिका–२ का अञ्जनी कुमारको घरबाट बरामद भएको थियो । सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले बरामद पेस्तोल नक्कली जस्तै देखिएको भन्दै परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाउने जानकारी दिए ।

उनका अनुसार ११ वैशाखमा वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी–मेहेन्दी कार्यक्रममा नेतृ सिंहले पेस्तोल पड्काएकी हुन् । सप्तरीको बोदेबर्साइन् नगरपालिका–५ घर भएकी उनी जसपा नेपालका उपाध्यक्ष समेत रहेका राष्ट्रियसभा सदस्य तथा पूर्वमन्त्री मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।

You may also like