अस्पतालको तेस्रो तलाबाट बिरामीले हामफाले, घटनास्थलमै गयो ज्यान

by समतल अनलाइन
Shares

कैलाली । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक मिर्गौला पीडित बिरामीले तेस्रो तलाबाट हामफाल्दा घटनास्थलमै मृत्यु भएको छ। प्रादेशिक अस्पतालमा डायलाइसिस गराउँदै आएका कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका हुन् ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले सोमबार मेडिकल वार्डमा भर्ना भएका सिंहले दिउँसो २ बजेपछि एक्कासी तेस्रो तलाबाट हाम फालेको जानकारी दिए। उनी हामफोलेको ठाउँबाट अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मिर्गौला पीडित सिंहले प्रादेशिक अस्पतालमा डायलासिस गर्दै आएका थिए । सोमबार पनि डायलासिस गर्न आएका सिंहलाई चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए । सिंहकी श्रीमती ईश्वरीदेवी उनको कुरुवा बसेकी थिइन् । एकैछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासी तेस्रो तलाबाट हामफालेको अवस्थामा भेटिएको अस्पतालले जनाएको छ ।

You may also like

This will close in 0 seconds