अपराजित ललितपुर एनएसएलको च्याम्पियन

by समतल अनलाइन
185Shares

काठमाडौं । ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ। आज दशरथ रंगशालामा भएको खेलमा ललितपुरले लगातार दोस्रो पटक एनएसएलको उपाधि जितेको हो। फाइनलमा पोखरा थण्डर्सलाई २–१ ले पराजित गर्दै ललितपुर तेस्रो संस्करणमा अपराजित रहेर च्याम्पियन बन्यो।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शनिबार भएको फाइनलमा ललितपुरले पोखरालाई २–१ गोलले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि उचालेको हो। उपाधिसँगै ललितपुरले ८० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको पोखराले ३० लाख रुपैयाँ प्राप्त गर्‍यो ।

Facebook Comments

You may also like